काठमाडौँ:सरकार गठन भएको डेढ महिनापछि प्रधामन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गरेका छन। गत असार २२ गते सरकार गठन भएपछि सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा देखिएको किचलोका कारण लामो समय सरकार विस्तार हुन सकेको थिएन ।
बुधबार मन्त्री पदको सपथ लिन लागेका मन्त्रीहरुमा कांग्रेसबाट १० जनाले मन्त्रीको सपथ लिँदैछन् भने माओवादीका ६ जनाले केहीबेरमा सपथ लिँदैछन् । नेपालको ४०औँ प्रधानमन्त्रीका रुपमा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवाले जेठ २४ गते आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएपछि बुधबार मन्त्रिमण्डल बिस्तार गर्न लाग्नु भएको हो ।कांग्रेसका प्रकाशमान सिंह र एमालेका विष्णुप्रसाद पौडेलले उपप्रधानमन्त्रीको शपथ लिएका छन्। सरकारमा सिंहलाई सहरी विकास मन्त्रालय र पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सरकारमा एमालेबाट पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा सूचना प्रविधि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, विद्या भट्टराईले शिक्षा तथा प्रविधि, मानवीर राई रक्षा, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
कांग्रेसबाट गृहमन्त्रीमा रमेश लेखकले गृह, आरजु राणाा देउवाले परराष्ट्र, तेजुलाल चौधरी युवा तथा खेलकुद, अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यसैगरी, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन तथा वातावरण मन्त्रालय, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, रामनाथ अधिकारी कृषि तथा सहकारी र बद्री पाण्डे पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
लोसपाका नेता शरदसिंह भण्डारी श्रम रोजगार मन्त्री बनेका छन्।
जनता समाजवादी पार्टीका प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन्।