३५.५५ अकंले बढ्याे नेप्से

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक ३५.५५ अकंले बढेको छ । एक दशमलव ३३ प्रतिशतले बढेको सेयर बजार २६९६.६५ विन्दुमा सीमित भएको हो ।

कुल १८९ कम्पनीको सेयर मूल्य बढ्यो भने ४७ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । प्रोग्रेसिभ फाइनान्स लिमिटेड, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

एसियन हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले घट्यो ।कारोबार र रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल अघि रह्यो । हिमालयन रिइन्स्योरेन्सको ६० करोड १० लाख रुपैयाँको सेयर किनबेच भयो । शिवम् सिमेन्टको ३७ करोड ६७ लाख र सोल्टी होटलको ३६ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Comments (0)
Add Comment