१० वर्षपछि युट्युबको ‘ट्रेन्डिङ पेज’ बन्द — प्रयोगकर्ताको व्यवहारले बदल्यो दिशा

काठमाडौँ, साउन ७ – एक दशकभन्दा बढी समयदेखि युट्युबको मुख्य आकर्षणमध्ये एक मानिएको ‘ट्रेन्डिङ’ पेज अन्ततः बन्द भएको छ। जुलाई २१ (सोमबार) देखि यो सुविधा प्रयोगकर्ताका स्क्रिनबाट हराएको छ।

यो परिवर्तनले केवल युट्युबको इन्टरफेस मात्र होइन, डिजिटल सामग्री उपभोग गर्ने शैलीमा आएको आमूल परिवर्तनलाई पनि संकेत गर्छ। युट्युबको अनुसार, प्रयोगकर्ताहरूको ‘हेर्ने बानीमा आएको व्यापक फेरबदलट्रेन्डिङ पेजमा घट्दो ट्राफिक नै यस निर्णयको मुख्य कारण हो।

सन् २०१५ मा सुरु गरिएको ‘ट्रेन्डिङ’ सेक्सनले युट्युब र विश्वभरि के भाइरल भइरहेको छ भन्नेबारे जानकारी दिने प्लेटफर्मको रूपमा काम गथ्र्यो।

संगीत, गेमिङ, चलचित्र, हास्य र सामाजिक सन्देश समेट्ने भिडिओहरू दैनिकरूपमा यो सेक्सनमा देखिन्थे। विशेषगरी युट्युबको फ्रन्टपेजमा देखिने ट्रेन्डिङ सूचीले कन्टेन्ट क्रिएटरको दर्शक वृद्धि र ब्रान्डिङमा उल्लेखनीय भूमिका खेलेको थियो।

तर पछिल्ला वर्षहरूमा, प्रयोगकर्ताहरू ‘ट्रेन्डिङ’ भन्दा बढी व्यक्तिगत सिफारिस (Personalized Recommendations), युट्युब सर्च, शर्ट्स, र कमेन्ट-प्रतिक्रियाको माध्यमबाट नयाँ सामग्रीमा पुग्न थालेका छन्।

युट्युबले आफ्नै ब्लग पोस्टमार्फत स्पष्ट पारेको छ:

“पछिल्ला पाँच वर्षमा ट्रेन्डिङ पेजमा आउने प्रयोगकर्ता घटिरहेका छन्। विभिन्न कम्युनिटीमा फैलिएका ‘माइक्रो ट्रेन्ड’ हरू एउटै पेजले समेट्न नसक्ने भएपछि यो संरचना अप्रासंगिक बन्दै गयो।”

अब युट्युब भाइरल सामग्री देखाउने तरिकामा ‘केन्द्रित र समुदायगत’ शैली अपनाउँदैछ।

ट्रेन्डिङ पेज त गयो, तर यसको ठाउँमा युट्युबले नयाँ विकल्प ल्याएको छ — जसअन्तर्गत ‘YouTube Charts’ मा साप्ताहिक लोकप्रियता अनुसार वर्गीकृत कन्टेन्ट हेर्न सकिनेछ।

  • ट्रेन्डिङ म्युजिक भिडिओहरू,
  • शीर्ष पोडकास्टहरू,
  • फिल्म ट्रेलरहरू,
  • र विशेषतः गेमिङका लागि छुट्टै ‘Gaming Explore Page’
    मार्फत सामग्री प्रस्तुत गरिनेछ।

यसले दर्शकलाई अझ स्पष्ट रूपमा आफ्नो रुचिअनुसार कन्टेन्ट हेर्न र खोज्न सहज बनाउने युट्युबको दाबी छ।


क्रिएटरहरूको दृष्टिकोण: अवसर कि चुनौती?

ट्रेन्डिङ पेज धेरै नवप्रवेशी युट्युबरइन्डिपेन्डेन्ट क्रिएटरहरू का लागि ‘छोटो समयमा दर्शक बढाउने हाइवे’ सरह थियो। भाइरल विषयमा भिडिओ बनाउने ट्रेन्डले धेरैलाई स्टार बनाएको थियो।

अब त्यो सहज पहुँच बन्द भएपछि, भाइरल विषय पत्ता लगाउन उनीहरूले नयाँ तरिका अपनाउनु पर्नेछ

तर युट्युब खाली हात छैन। क्रिएटरहरूका लागि ‘YouTube Studio’ भित्र नयाँ ‘Inspiration Tab’ सुरु गरिएको छ, जहाँ उनीहरूले व्यक्तिगत रूपमा सुझाव गरिएका विषयवस्तु पाउनेछन्। यसले नयाँ ट्रेन्ड बुझ्न र त्यसअनुसार सामग्री योजना बनाउन मार्गदर्शन गर्नेछ।

युट्युबको यो निर्णय केवल प्रविधिगत होइन, यो दर्शक प्रवृत्तिमा आएको परिवर्तनको स्वाभाविक नतिजा हो।

एक दशकपछि, युट्युब अब ‘एकैखाले भिडिओ सबैका लागि’ हैन, ‘प्रत्येक प्रयोगकर्ताका लागि अलग अनुभव’ दिने युगमा प्रवेश गर्दैछ।


 

Comments (0)
Add Comment