हुम्लाका अध्यक्ष र उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले रोकाय र धामीसहित पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सव ओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य तथा उपभोक्ता समितिका अध्यक्ष हंश रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकायाविरुद्ध १९ लाख ५० हजार रुपैया बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

 

Comments (0)
Add Comment