हिरासतमा सभापति लामिछाने सुतिरहेको तस्वीर बाहिरिएको भन्दै रास्वपा नेताको आपत्ति

काठमाडौं:  प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको तस्वीर भनेर अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर छाइरहेकाे छ । जसमा एकजना व्यक्ति सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ ।

यसलाई लिएर प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको तस्वीर बाहिर सार्वजनिक गरिएको भन्दै रास्वपाका नेताले आक्रोश व्यक्त गरेका छन्

 

 

 

‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला,’ बोहराले फेसबूकमा लेखेका छन् ।

रास्वपाका नेताले यस्तो दाबी गरिरहँदा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने तस्वीरमा देखिएका व्यक्ति रास्वपा सभापति लामिछाने नभएको बताइरहेका छन् । तस्वीरमा प्रष्ट अनुहार देखिएको छैन । यसले गर्दा तस्वीरमा देखिएका व्यक्ति लामिछाने नै हुन् भन्नेमा कतिपयले शंका गरेको पाइएको छ ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।

उनलाई जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगपत्र शुक्रबार अदालतमा दर्ता गर्दैछ ।

मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरेर शुक्रबारभित्रै अभियोजन गर्ने सरकारी वकिल कार्यालयको तयारी छ ।

Comments (0)
Add Comment