हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा अन्जु श्रेष्ठ

काठमाडौँ :  हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।

इन्स्योरेन्स कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिइन ।

असोज १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षे अवधिका लागि श्रेष्ठलाई सिइओमा नियुक्त गरिएको जानकारी कम्पनीले नेप्से मार्फत गराएको हो ।

 

Comments (0)
Add Comment