हार्दिक आइभिएफको नि:शुल्क आइयुआई क्याम्प भदौ १५ सम्म, सयौँ दम्पतीले पाइसके सेवा र सफलता

काठमाडौं: सिनामंगलस्थित हार्दिक आइभिएफ तथा फर्टिलिटी सेन्टरले सञ्चालनमा ल्याएको नि:शुल्क आइयुआई (IUI) क्याम्प भदौ १५ गतेसम्मका लागि विस्तार गरिएको छ।

यो नि:शुल्क सेवा विशेष गरी सन्तान प्राप्तिमा समस्या भोगिरहेका दम्पतीहरूका लागि लक्षित गरिएको हो। हालसम्म यो क्याम्पमार्फत ३०० भन्दा बढी दम्पतीले सेवा लिइसकेका छन्, जसमा धेरैले सफल गर्भधारण गर्न सफल भएका छन्। यसले थुप्रै परिवारहरूमा नयाँ आशा र खुसी ल्याएको केन्द्रले जनाएको छ।

हार्दिक आइभिएफ आइएसओ प्रमाणित संस्था हो, जसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ। केन्द्रले २००० भन्दा बढी दम्पतीलाई सेवा दिइसकेको छ, र सुलभ मूल्य तथा अनुभवी चिकित्सकका कारण यो केन्द्र दम्पतीहरूबीच लोकप्रिय बन्दै गएको छ।

क्याम्पमा सहभागी हुन इच्छुकहरूले हार्दिक आइभिएफ सेन्टरमा अग्रिम सम्पर्क गरी नाम दर्ता गराउनुपर्नेछ। विशेषज्ञ टोलीले हरेक जोडीको समस्या पहिचान गरी व्यक्तिगत सल्लाह र उपचार प्रक्रिया तय गर्नेछIntrauterine Insemination (IUI) एक सरल र कम खर्चिलो उपचार प्रक्रिया हो, जसमा शुक्राणुलाई महिलाको पाठेघरभित्र प्रत्यक्ष राखिन्छ जसले गर्भधारणको सम्भावना बढाउँछ। यो प्रक्रिया प्रायः ती दम्पतीहरूका लागि उपयुक्त मानिन्छ जसमा गर्भधारणमा सामान्य अवरोध देखा परेको हुन्छ।

Comments (0)
Add Comment