प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स जहाज दुर्घटनाबारे जानकारी लिएका छन्।
विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्ययन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा ब्रिफिङ लिएका हुन्।
उनले घटना कसरी भयो? मानवीय वा प्राविधिक कमजोरी भयो? भन्ने बुझ्न आग्रह गरेका थिए।
ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे, कायममुकायम मुख्यसचि लीला गड्तौलालगायत सहभागी थिए।
बुधबार बिहान ११:११ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको जहाज केहीबेरमै दुर्घटनामा परेको हो।