सोमबार नेप्से सूचक २९ सय नाघ्दा २७ अर्ब २९ करोडको कारोबार

काठमाडौं:  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबारमा नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको रेकर्डलाई तोड्दै नेप्सेले सोमबार नयाँ रेकर्ड बनाएको हो ।

आइतबार २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज सोमबार २७ अर्ब २४ करोड २९ लाख ३४ हजारा रुपैयाँ बराबरको कारोबार भएसँगै नयाँ रेकर्ड बनाएको हो ।

१२:०६ बाट भने बजार झरेर २९ सय तल बजार झरेको थियो । आज ३ पटक २९ सय तल बजार झरेको थियो । अन्त्यमा भने बजार बन्द हुँदा भने बजार २९३० बिन्दुमै बन्द भएको छ । केही दिन देखि बजारले २८ सयको विन्दु पार गर्ने नसकि रहेको अवस्थामा आईतबार २८६० विन्दुमा बजार पुगेकोमा आज २९ सय समेत पार गरेको छ ।

बजारमा उछाल आउँदा आज एकै दिन ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको छ । उच्च कित्ता कारोबार हूँदा १७१ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

६८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने आज स्थिर रहेको छ ।

Comments (0)
Add Comment