काठमाडौं : साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा झिनो सुधार आएको छ । आज नेप्से परिसूचक २ दशमलव ९५ अंकले बढेर २६३३ दशमलव ८७ को विन्दुमा पुगेको छ ।
मंगलबार ३१८ कम्पनीका ५३ हजार ९५७ पटकको कारोबारमा ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७ सय ४० रुपैयाँ रहेको छ ।
१३ उपसमूहमध्ये पाँच उपसमूह घट्दा बाँकीमा हरियाली छाएको छ । आज सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले दश प्रतिशतका दरले कमाएका छन् भने जानकी फाइनान्सको कारोबार सर्वाधिक भएको छ ।