सेनाले खोल्यो ११ किलोमिटर सडकको ट्रयाक

काठमाडौँ: नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्र्याक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिबृज र सडक विभागलाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकारको निर्देशनअनुसार सेनाले विकास निर्माणको कार्य गर्दै आएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक एवं महासेनानी धर्मेन्द्रकुमार झाले बताए।

गैरसैनिक क्षेत्रमा सक्रिय सहभागिताका कारण नेपाली सेना विवादित बन्दै छ । व्यवसायिक र नाफामूलक क्षेत्रमा नेपाली सेनाको सक्रियतासँगै विवाद पनि बढेको हो ।

सडक निर्माण, अस्पताल, पेट्रोल पप्प, कलेजदेखि घरजग्ग्गा कारोबार र सपिङ कम्प्लेक्ससम्म सञ्चालन गरिरहेको सेनाको काम र आर्थिक पारदर्शितामाथि प्रश्न उठेको छ । सेनाले पूर्वाधार विकासका क्षेत्रमा गरेको कामलाई आफ्नो सफलता माने पनि गैरसैनिक क्षेत्रमा बढेको सक्रियताले स्वभाविक प्रश्न उठाएको छ ।

नेपाली सेनाले हात हालेका थुप्रैमध्येको एउटा क्षेत्र हो, सडक निर्माण । अहिलेसम्म नेपाली सेनाले २३ सडक खण्डमा करिब १० हजार किलोमिटर सडक निर्माण गरेको छ ।

Comments (0)
Add Comment