सुपर न्यादीको बिजुली अर्को वर्ष

काठमाडौँ: लमजुङको उत्तरी भेग ङादीखोलामा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् परियोजनाबाट अर्को वर्षमात्रै विद्युत् उत्पादन हुने भएको छ ।मर्स्याङ्दी गाउँपालिका ६ र ७ को सिमाना भएर बग्ने ङादीखोलामा निर्माणाधीन उक्त परियोजनाको निर्माणकार्य ७२ प्रतिशत सकिएको परियोजनाका प्रवन्ध निर्देशक दिनेश गुरुङले जानकारी दिए । उनका अनुसार २०८२ जेठ मसान्तभित्र परियोजना निर्माण सक्नेगरी निर्माणकार्यलाई द्रुत गतिमा अघि बढाएको छ

 

।त्यस्तै भूमिगत पावर हाउसको खन्ने, सुरुङका लागि दुई अडिट टनेलसहित पाँच सय मिटर खन्नेलगायतका काम सम्पन्न भइसकेको छ । साथै ड्यामसाइडसम्मको २२ किलोमिटर सडक निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पेनस्टक, अन्टरग्राउड, पावर हाउसको काम ८० प्रतिशत सम्पन्न भएको छ । सिभिलको काम अन्डरग्राउड टनेल खन्ने काम, पावरहाउसको अन्डरग्राउण्ड खन्ने काम, मुख्य सुरुङ खन्ने काम, इलोटोकमेकाइनिकललगायत काम यतिबेला तीव्र रूपमा भइरहेको छ ।

Comments (0)
Add Comment