सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ८२ हजारमा कारोबार

काठमाडौँ :  नेपाली बजारमा सुन र चाँदीको मूल्य सोमबार उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको छ, जसले नयाँ रेकर्ड कायम गरेको छ।

यसअघि आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँ थियो।

Comments (0)
Add Comment