काठमाडौँ: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि मंगलबार आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशनबारे आफूलाई थाहा नभएको बताएका छन् । सरकारले अधिवेशन आह्वान नगरेको र कसैले अधिवेशनबारे सरकारसँग समन्वय नगरेको मुख्यमन्त्री सोडारीले बताएका हुन् ।सरकार र सरकारबाहिर रहेका दलहरुबीचको माथापच्छीका कारण प्रदेश सभाको अधिवेशन अघिल्लो दिन बन्द हुने र पछिल्लो दिन विशेष अधिवेशन आह्वान हुने अवस्था आएको छ ।