सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सीमा समस्या वार्ता र कूटनीतिमार्फत समाधान गरिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद दीपकबहादुर सिंहको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा समस्या समाधान गरिने बताएका हुन् । सांसद सिंहले चुच्चे नक्सामा समेटिएको दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुराको भूमिमा नेपालको भोगचलन कहिले हुन्छ भनेर प्रश्न गरेका थिए ।

Comments (0)
Add Comment