काठमाडौं : प्रभु केबलकार एन्ड टुरिजमको लगानीमा सञ्चालित सिद्धार्थ केबलकारले काठमाडौंको तिनकुनेमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। केन्द्रीय कार्यालय स्थापनासँगै कम्पनीले अब निकट भविष्यमा प्राथमिक सेयर (आईपीओ) सार्वजनिक गर्ने तयारी गरेको छ।
सिद्धार्थ केबलकारले बुटवलस्थित गौतम बुद्धको कुलगुरुको आश्रम र पाल्पाको नुवाकोटमा रहेको ऐतिहासिक भैरवकामना मन्दिरलाई जोड्ने सेवा दिँदै आएको छ। यो केबलकार विशेषगरी बौद्ध धर्मावलम्बी तथा भगवान बुद्धका अनुयायीहरूको तीर्थयात्रालाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको परियोजना हो।
गत भदौदेखि सञ्चालनमा आएको केबलकारले कार्यालय स्थापना गरेर अब व्यवसाय विस्तार, बजार प्रवद्र्धन र आगामी आईपीओ प्रक्रिया सहज बनाउन रणनीति अघि सारेको जनाएको छ। कम्पनीले यसै सन्दर्भमा छिटै आईपीओ ल्याउने तयारीमा रहेको जनाएको छ।