साउनभर पशुपति कोटिहोम महायज्ञको तयारी

काठमाडौँ: श्रावण महिनाभर सञ्चालन हुने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ शुभारम्भ हुन अब करिब दुई हप्ता मात्र बाँकी छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले तयारीलाई तीव्रता दिएको छ ।

 

कार्यक्रम स्थल वनकाली हंसमण्डप, कैलाश डाँडालगायत पशुपति क्षेत्र सरसफाइदेखि पण्डाल र हवन कुण्ड निर्माणलगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढ्दै गइरहेको आयोजकको भनाइ छ ।

Comments (0)
Add Comment