काठमाडौं: नेपाल चेम्बर अफ कमर्सले आइटी सफ्टवेयर तथा टेक्नोलोजी समितिको साइबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेको छ।
चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साइबर सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई मनोनयन गरेका हुन्।
अधिकारी क्यान महासंघको महासचिव, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष, इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन्। विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापनसमेत गर्दै आएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन्।