सांसद हरी ढकालले सेयर बजार सुधारको लागि अर्थमन्त्री समक्ष पेश गरे ७ बुँदे माग

काठमाडौं: सांसद हरी ढकाल तथा सेयर लगानीकर्ता तथा धितोपत्र ब्रोकरले उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई ७ बुँदे माग पेश गरेका छन् ।

पूँजीबजारको बजारको स्थायीत्व र सुधारको लागि तत्काल गर्नु पर्ने ७ काम गर्न आग्रह गरेका छन् । उनीहरुले भेटमा अबैज्ञानीक तरिकाले गणना गरेको पुँजीबजारको बजारपुँजीकरणले जनमानसमा गलत सन्देश दिएकाले तथ्य परक भई बैज्ञानीक तरिकाले बजार पूँजीकरण गणना गरि समायोजन गर्न माग गरेका छन् ।

यस्तै बैंक तथा वित्तिय संस्थालाई आफ्नो प्राथमिक पूँजीको २ प्रतिशत रकम अल्पकालीन रुपमा सुचिकृत कम्पनीमा लगानी (खरिद बिक्री) गर्न दिनुपर्ने माग गरेका छन् । यस्तै सबै प्रकारका सेयर धितो कर्जाको जोखिम भारलाई १०० प्रतिशतमा मान्नुपर्ने, धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्नुपर्ने माग रहेको छ ।

यस्तै खराब बित्तिय अवस्था भएका कम्पनीहरुको प्राथमिक एवं हकप्रद सेयर निष्कासन रोक्नुपर्ने, धितोपत्र बोर्डले इजाजत दिएका संस्थाहरु (स्टक एक्सचेञ्ज, ब्रोकर, मचेन्ट बैकरहरु) को प्राविधिक क्षमता विस्तार गर्नुपर्ने र धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले सूचिकृत कम्पनीहरुको पारदर्शिता कायम राख्न र बजारमा हुन सक्ने अवच्छित गतिविधि रोक्न नियमन बढाउनु पर्ने सुझाव दिएका छन् ।

Comments (0)
Add Comment