काठमाडौँ : आज हामी नेपालका एक मात्र डलर अरबपति माननीय बोनोद चौधरीले गरेका सामाजिक कामको चर्चा गर्दै छौ।
2072 मा सक्तिसाली भुकम्प गयो। जस्को चपेटामा परेर करिब 7000 घर छेदबिछेद भए र लाखौ जनताहरु प्रभावित भए ,त्यो समय काहाली लाग्दो थियो,एक छाक खान र ओत लाग्ने बासस्थानको सक्त जरुरि थियो । राज्यको स्रोत सादनले मात्र प्राप्त हुने अवस्था थिएन । त्येही आपत्कालिन समयमा माननीय बिनोद चौधरीले अग्रसरता देखाए,भुकम्प पीडितको घाउमा मलम लगाउन करोडौं खर्च गरेर गोर्खा देखि रामेछाप सम्मका १० जिल्लामा 3000 ट्रान्जिसनल होम र 40 वटा स्कुल निर्माण गरेर हस्तान्तरण गरे । ठूलो मन देखाएर जनताको आँसु पुछ्न जुटेका बिनोद चौधरी त्यतिमै रोकिएनन 62 पक्की घरधुरी भएको स्माट गिरानचौर गाउँ निर्माण गरेर हस्तान्तरण गरे त्यति मात्र हैन हालसालै गएको जाजरकोटको भुकम्प पीडितका लागि १०० वटा ट्रान्जिसनल होम निर्माण गरि हस्तान्तरण समेत गरे ।
भुकम्पको घाँउ नमेटिदै फेरि कोरोना कालको सुरु भयो,देश लकडाउनमा सिथिल थियो,व्यापार ब्यवसाय चौपट थियो,जनता घरमा बन्धक थिए।चारै तिर भयावह अवस्था थियो । हस्पिटलमा बिरामिको चाप बढ्दै थियो। आधारभुत स्वास्थ्य सामाग्रीको अभावले स्वास्थ्यक्रमिले बिरामी चेकजाँच गर्न नसक्ने अवस्था थियो । राज्यको स्रोत र साधन अपुग थियो । भुकम्पका बेला जनताको दुख बुझेका बिनोद चौधरी फेरि जनता बचाउन अग्रसरता लिदै मैदानमा उत्रिए। आफ्नो सामाजिक संजाल फेसबुक र टुईटरमा सार्बजनिक आवाहान गर्दै देश भरका स्वास्थ्यक्रमिलाई करोडौंको आधारभुत स्वास्थ्य सामाग्री ( पिपिई,सेनिटाईजर र माक्स ) बितरण गरे। कोरोनाकाल लम्बिदै थियो । देशमा अक्सिजन अभाव हुन थाल्यो । बिरामिको चाप झन भन्दा झन बढ्दै थियो । देशभरी नै अक्सिजनको हाहाकार थियो । फेरि बिनोद चौधरीकै अग्रसरतामा चौधरी फाउन्डेसनले लाखौ खर्च गरेर देशका मुख्य ठाँउ वीर हस्पिटल,सुर्खेत र धनगढीमा अक्सिजन प्लान्ट सेटअप गरेर जनतालाई सेवा गर्यो । देशभरका हस्पिटलमा बिरामिले आईसीयु बेड नपाउने अवस्था थियो । जती सक्दो जनता बचाउनुपर्ने अवस्था थियो, त्ससको हलको लागि फेरि चौधरी फाउन्डेसनले बिर हस्पिटलमा तत्काल १८ बेडको ICU वाड निर्माण गरेर सेवा संन्चालन गरियो । त्यतिमा मात्र कोरोनाकाल सकिएन फेरि तेस्रो चरणको कोरोनाको लहर आयो । जस्को प्रत्यक्ष चपेटामा स-साना बालबालिका पर्न थाले, देशकै ठूलो कान्ति बाल हस्पिटलमा बिरामी बालबालिकाको संख्या अत्याधिक बढ्न थाल्यो । ईमर्जेन्सी वाड नपाएर कयौं बालबालिकाले ज्यान गुमाउनु पर्ने दर्दनाक अवस्था सिर्जना हुन थाल्यो । त्यो अवस्था रेडियो र टेलिभिजन बाट सुनेर माननीय बिनोद चौधरीलाई छटपटाहाट हुन थाल्यो,त्यसको केही दिनमै चौधरी फाउन्डेसनले तत्काल 25 वाडको ईमर्जेन्सी वाड निर्मार गरेर कान्तिबाल हस्पिटललाई सुम्पिए ।
माननीय बिनोद चौधरीले चौधरी फाउन्डेसन मार्फल करिब १००० भन्दा बढी हाताकुट्टा नभएका दाजुभाइ दिदिबहिनीलाई निसुल्क कृतिम हातखुट्टा राखेर सेवा प्रदा गर्नुभएको छ । यो कार्य अहिले नवलपरासीको बर्दघाटमा रहेको चिसापानी हस्पिटलमा संचालन हुँदै आएको छ । यो संगसंगै चौधरी फाउन्डेसनले हजारौं युवालाई उद्द्मसिलतामा जोड्न नवलपरासी लगाएतका केही जिल्लामा विभिन्न सिपमुलक तालिम पनि संन्चालन गर्दै आएको छ । महिला ससक्तिकरणको क्षेत्रमा पनि काम गर्दै आएको उक्त संस्थाले विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आयो छ ।