काठमाडौँ: सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी) केन्द्रका राष्ट्रिय सभाकी सांसद गंगाकुमारी बेल्बासेले दुध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
दुग्ध संस्थानले उनीहरुको भुक्तानी नदिएको गुनासोसहित किसानहरुले फेरि काठमाडौंमा काठमाडौंमा सरकारबिरुद्ध अभियान संचालन गर्ने तयारी गरिरहेका बेला सांसद बेल्बासेले सो कुरा बताउनुभएको हो । सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले दुध किसानका जायज मागलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने बताउनु भयो । सांसद बेल्बासेले दुग्ध विकास संस्थालगायतका संस्थाहरुलाई चुस्तदुरुस्त बनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘दुध किसानहरु आफ्नो समस्या लिएर काठमाडौं आएको समाचारहरु बारम्बार सुनि राखिएको छ । यतिखेर पनि त्यो कुरा उठेको छ । सडकमा दुध पोख्ने किसानका कुरा हुन् कि किसानले पाउनुपर्ने दुधको मूल्य नपाएको कुरा सही हो । त्यो किसानहरुले नै भनेको र उनीहरु स्वयमले उठाएको कुरा हो । यति रकम पाउन बाँकि छ भनेर उहाँहरुले भनिराख्नुभएको छ । त्यसको व्यवस्थापन छिटो गरियोस् । र यस्ता संस्थाहरुलाई कसरी व्यवस्थापन गर्ने ?चुस्तदुरुस्त बनाउनका लागि सरकारले कदम चालोस् भन्ने कुरा म राख्न चाहन्छु ।’
सांसद बेल्बासले सरकारी संस्थानहरुमा सुधार नभएकाले कारणले जनताले दुःख पाउने गरेकाले त्यसको सुधारमा सरकारले विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताउनु भयो ।