समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्छः सांसद गौतम

काठमाडौँ,:  राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सदस्य गौतमले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान र मर्मसँग बाझिएका ऐन कानुनमा पुनःविचार गरी बन्न बाँकी ऐन कानुन समयमा नै निर्माण गर्न सक्नुपर्ने बताउनुभयो ।

सांसद गौतमले लोकतान्त्रिक गणतन्त्र स्थापना भई नयाँ सविधान लागू भएको अवस्थामा पनि पञ्चायत व्यवस्थामा बनेका ऐन कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।

उहाँले अब सरकारले पुराना ऐनलाई संशोधन गर्न जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले लामो र प्रक्रियागत झण्झटलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

Comments (0)
Add Comment