काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताउनुभएको छ ।
सोमवार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले नेपालमा समाजवादी मोर्चाको आवश्यकतालाई देखेर मोर्चा बने पनि पछिल्लो समय विचलन आएको र व्यस्थित रुपमा लानको लागि छलफल जारी रहेको बताउनु भयो । उहाँले नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता रहेको भन्दै मोर्चालाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वमा पुँजीवादले ठूलो युद्धको सडयन्त्र गरिरहेको बताउनु भयो । उहाँले विश्व बजार,पैसा,अर्थतन्त्रको संकटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनता माथि खेलवाड हुने काम भइरहेको भन्दै यस्तो कार्यले संसारलाई तेस्रो विश्व युद्धतिर लगिरहेको बताउनु भयो । उहाँले ठूलो परिर्वतनपछि पनि नेपालमा जनताले न्याय नपाएको बताउनु भयो । उहाँले नेपाललाई पनि कुनै न कुनै रुपले अशान्तितिर अर्को एउटा भिडन्ततिर डो¥याएको दाबी गर्नुभयो । उहाँले नेपालमा श्रमिक जनता सचेत भएर अग्रगामी निकासको पक्षमा नभए ठूलो षड्यन्त्र हुने बताउनु भयो । उहाँले समाजवाद नेपालको लागि मात्रै नभएर आजको विश्वको आवश्यकता भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता छ । समाजवादी मोर्चा नेपालमा बन्यो तर अहिले पछिल्लो समय समाजवादी मोर्चामा विचलन आएको छ । छलफलहरु अगाडि बढी रहेको छ । नेपालमा समाजवादी आन्दोलन चाहिन्छ । विश्वमा पुँजीवादले ठूलो एउटा युद्धको सडयन्त्र गरिरहेको छ । बजारको संकट,पैसा,अर्थतन्त्रको संकटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनता माथि खेल खेलिदै छ । त्यसले संसारलाई विधसतिर डो¥याइएर तेस्रो विश्व युद्धतिर लगिरहेको छ । नेपालमा पनि जसरी उत्पडिन थुपारिएको छ । यसले पनि नेपाललाई कुनै न कुनै रुपले अशान्तितिर अर्को एउटा भिड्न्ततिर डो¥याएको पाउँछौं । नेपालमा श्रमिक जनता सचेत भएर अग्रगामी निकासको पक्षमा भएनौं भने ठूलो सड्यन्त्र हुँदैछ । समाजवाद आजको विश्वको आवश्यकता हो । अहिले नेपालमा चुनाव भयो भने पनि जनताले जित्ने स्थिति छैन । चुनाव सामान्य गरिव जनताको पहुँच भित्र छैन । दलालपुँजीवादले चुनावबाट राजनीतिलाई नियन्त्रण गरिरहेको छ । किसान, मजदुर,जनजाती र मदेशको पहुँच छैन । त्यसैले नेपालमा समाजवादको आन्दोलन जरुरी छ ।
उहाँले नेपालमा दलाल पुँजीवादले चुनावबाट राजनीतिलाई नियन्त्रण गरिरहेको दाबी गर्नुभयो ।
b