समाजवादीको केन्द्रीय कमिटी बन्ने

काठमाडौँ :नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ । महाधविशेनको मुखमा बसेको केन्द्रीय सचिवालयको बैठकले १ सय १९ बाट बढाएर २ सय १९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो ।

यही असार १६ देखि काठमाडौंमा हुने महाधिवेशनले यी पदाधिकारी चयन गर्ने छन् । समाजवादीको आठौं केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठकले १९ पदाधिकारी भएको १ सय १९ सदस्य केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । यो निर्णय विपरीत सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटी बढाउने निर्णय गरेको हो ।

बिहीबारको बैठकले साउन १४ गते बस्ने बैठकमार्फत केन्द्रीय कमिटीलाई पूर्णता दिने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘साउन १३ भित्र आन्तरिक गृहकार्य सकेर १४ गते बैठक बसेर सोही दिन केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी छ’, खतिवडाको भनाइ छ ।

स्रोतका अनुसार आकांक्षी धेरै भएपछि २९९ सदस्यीय केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य थप्ने तयारी भएको छ ।

नेता राजेन्द्र पाण्डेले विधानमै १० प्रतिशत सदस्य थप्न सकिने व्यवस्था भएको बताए ।

Comments (0)
Add Comment