काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा सहभागी गराउनुपर्ने बताएका छन्।
विश्व प्रोटिन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले उपचारभन्दा रोकथाममा ध्यान दिनुपर्ने भन्दै नागरिकको योगदानमा आधारित स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।
साथै, उनले प्रोटिन सुरक्षाका लागि कानुनी र नीतिगत व्यवस्थापन गर्न सरोकारवालालाई आग्रह गरे। कार्यक्रममा पशु सेवा विभागका महानिर्देशकले नेपालका पशुजन्य उत्पादनहरू स्वास्थ्यको दृष्टिकोणले सुरक्षित रहेको बताएका थिए भने नेपाल दाना उद्योग संघका अध्यक्षले खाद्य सुरक्षाका लागि प्रोटिन सुनिश्चित गर्नुपर्नेमा जोड दिए।