सत्ता समीकरण उलटफेर हुँदैन : सांसद सापकोटा

काठमाडौ : नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठुला दलका शीर्ष नेताहरूबिच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरूको भेट हुनासाथ सत्ता समीकरण उलटफेर नहुने बताएका हुन् । सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउनुपर्नेमा सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराए ।

Comments (0)
Add Comment