सञ्चार मन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ

काठमाडौँ: पूर्वप्रहरी संगठन प्रमुख मञ्चले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले आइजिपी बसन्तबहादुर कुँवर लक्षित अमर्यादित टिप्पणी गरेको भन्दै कारबाही गर्न माग गरेका छन्।

मञ्चले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘आइजिपीको जिब्रो थुत्नुपर्यो’ भन्ने सञ्चारमन्त्री गुरूङको अभिव्यक्ति अमर्यादित भएको भन्दै कारबाही गर्न माग गरेका हुन्।
त्यस्तै उक्त अभिव्यक्ति फिर्ता लिन, आइजिपी कुँवरसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकायमाथि टिप्पणी गर्नुपूर्व सचेत रहन पनि मन्त्री गुरूङलाई आग्रह गरेको छ

Comments (0)
Add Comment