संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु

काठमाडौँ: संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रारम्भ गरेको छ । समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आज चारको सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ ।

समितिले आज चीनका लागि प्रस्तावित प्रा.डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, गणतन्त्र भारतका लागि डा. शंकरप्रसाद शर्मासँग छलफल गर्न लागेको हो । समितिले शुक्रबार प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमा उल्लेख गरिएका विषयवस्तुबारे उजुरीकर्तासँग पुस्टयाँइ माग गर्दै छलफल गरेको थियो ।

Comments (0)
Add Comment