काठमाडौँ :परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, आजै मन्त्री डा राणासँग नेपालका लागि इजरायली राजदूत हानान गोदर गोल्डबर्गरले पनि शिष्टाचार भेट गरे ।