बुधवार बिहान सौर्य जहाज दुर्घटनामा परेर ऊर्जा सचिवको सचिवालयमा सहायक कम्प्युटर अपरेटरका रूपमा काम गर्ने प्रिजा खतिवडासहित उनका श्रीमान् र छोराको पनि ज्यान गएको छ ।
करार कर्मचारीको रुपमा काम गरेकी प्रिजा एकदमै मेहनती र प्रतिबद्ध कर्मचारी रहेको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले लोकान्तरलाई बताए ।
केही दिन बस्न पाइने भएपछि शर्मा पोखरा घुम्न उत्साहित थिए । यसपछि उनले श्रीमती प्रिजा र छोरा अधिराजलाई पनि सँगै पोखरा लैजान खोजेका थिए ।
प्रिजा नेकपा (एकीकृत समाजवादी)को प्रचार विभाग सचिव एवम् पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।