श्रमदानबाट ५० योजना निर्माण

काठमाडौँ: छायाँनाथ रारा नगरपालिकाका बस्तीमा ५० वटा योजना श्रमदानबाट निर्माण भएका छन् । छायाँनथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको निरन्तर सामाजिक अभियन्तामा सार्वजनिक खानेपानी, गोरेटो बाटो, चौतारी, वृक्षारोपण त्यसैगरी धार्मिक स्थलका योजना निर्माण भएका हुन् ।

नगरप्रमुख भाम यतिबेला जनताका कामदेखि श्रमदानको विकास निर्माणमा अहोरात्र खटिरहनुभएको छ । उहाँको अभियानमा नगरका बासिन्दादेखि कर्मचारी पनि सहभागी भएका छन् ।

“जनताले विकास चाहेका छन् । राज्यले पर्याप्तता बजेट उपलब्ध गराउन सकेको छैन । श्रमदान अभियानमा हामीले स्थानीयस्तरबाटै भए पनि जनताको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेका छौँ”, नगरप्रमुख भामले भन्नुभयो, “म नगर प्रमुखमा निर्वाचित भएदेखि नै जिल्लामा पहिलो पटक श्रमदान अभियान थालनी गरिएको हो ।”

Comments (0)
Add Comment