वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौँ: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका-१ घर भई काठमाडौं शंखरापुर नगरपालिका-९ बस्ने ३६ वर्षीय सुदिप घिमिरे र कञ्चनपुर भिमदत्त नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३४ वर्षीय भानु यजुवेन्द्र कण्ठ रहेका छन्।

 

पक्राउ मध्ये सुदिपले जर्जिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख १० हजार रूपैयाँ र भानुले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदिपलाई काठमाडौं गल्कोपाखाबाट बुधबार र भानुलाई काठमाडौं बौद्धबाट बिहीबार पक्राउ गरेको हो।

Comments (0)
Add Comment