काठमाडौँ : वीरगन्ज महानगरपालिका–२२ स्थित सिताराम चोकमा शुक्रबार बिहान रोकिएको ट्रकमा मोटरसाइकल ठोकिँदा पर्साका दुई युवकको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका झलमहिया, छिपहरमाई गाउँपालिकाका २३ वर्षीय रामाकान्त यादव र विजय यादवको नारायणी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। मोटरसाइकलमा सवार अर्का २२ वर्षीय विजयकुमार यादवको अवस्था गम्भीर रहेको र नारायणी अस्पतालमै उपचार जारी रहेको प्रहरीले जनाएको छ। ट्रकका चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ।