लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई बोलाए प्रधानमन्त्रीले

काठमाडौँ: लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित ९ जना मन्त्री काठमाडाैँ केन्द्रित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका सबै मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएपछि मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री काठमाडाैँ पुगिसकेका छन् ।प्रधानमन्त्रीले लुम्बिनी प्रदेश प्रदेशका मुख्यमन्त्री र मन्त्रिहरुसँग आज दिउँसो ३ बजे छलफल राखेको सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले रातोपाटीलाई बताए । उनले भने -‘ठ्याक्कै यो विषयमा भन्ने स्पष्ट छैन, तर केही निर्देशन दिनको लागि बोलाउनु भएको होला ।’

Comments (0)
Add Comment