काठमाडौँ : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा सोमबार दिउँसो जिप दुर्घटना हुँदा नरबहादुर ओलीको ज्यान गएको छ।
सिम्लीदेखि तिमिलेसम्मको भित्री सडकमा ब्रेक फेल भएर जिप करिब ४०० मिटर तल खसेको थियो। दुर्घटनामा जिप चालक लिलमणि भण्डारीसहित लिला ओली र दुर्गा ओली गम्भीर घाइते भएका छन्। हाल उनीहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ।