रास्वपाको आकस्मिक बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग, बनस्थलीमा केन्द्रीय समिति बैठक जारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार आकस्मिक भर्चुअल बैठकमार्फत गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। यसको निरन्तरतामा आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्दैछ।

 

 

बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको थुनामा राख्ने आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली प्रकरणमा गृहमन्त्री लेखकसहितको संलग्नता लगायत विषयमा छलफल हुनेछ।

रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ, जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण लगायतका विषयमा विशेष रिपोर्टिङ हुनेछ।

गृहमन्त्री लेखकले भने, राज्यले अनुसन्धान गरिरहेका बेला सडक आन्दोलन र प्रदर्शन गरेर अनुसन्धान नै प्रभावित गर्ने प्रयास भएको बताएका छन्।

रास्वपाका सांसद सोबिता गौतमले पनि गृहमन्त्री लेखकको राजीनामा माग गरेकी छन्। उनले गत चैत १५ गतेको प्रदर्शनका क्रममा गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको र प्रशासनले आवश्यक कामहरू पनि पूरा नगरेको बताएकी छन्।

Comments (0)
Add Comment