काठमाडौँ: राष्ट्रिय सभामा राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन पेश भएको छ ।
मंगलवार बसेको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, २०७९÷८०, सभामा पेश गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्री दाहालको तर्फबाट नै सञ्चारमन्त्री शर्माले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०७९÷८० पेश गर्नुभयो ।