काठमाडौँ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करिब १ करोड १२ लाख २८ हजार रुपैयाँमा र्याक सर्भर खरिद गर्न एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिलाई आपूर्तिकर्ता कम्पनीका रूपमा छनोट गरेको छ। विभागले गत ८ चैतमा र्याक सर्भर टाइप १ र टाइप २ आपूर्ति, डेलिभरी तथा स्थापना सम्बन्धी बोलपत्र आव्हान गरेको थियो। प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कन गर्दा न्यूनतम मूल्य प्रस्ताव गर्ने एस्ट्रल कम्प्युटर्स छनोटमा परेको विभागले जनाएको छ।
एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिले सरकारी खरिद ऐन, २०६३ र नियमावली २०६४ बमोजिम प्रक्रिया पूरा गरी विभागसँग सम्झौता गर्नेछ। यो खरिदले विभागको सूचना प्रविधि पूर्वाधार सुदृढीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।