काठमाडौँ: सुदूरपश्चिमको तराईका आदिवासी रानाथारु समुदायमा तिजको रौनक छाएको छ । कञ्चनपुर र कैलालीमा मात्र बसोबास रहेका रानाथारु समुदायका महिलाहरूले श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको कामना गर्दै पानी समेत नपिएर निराहार व्रत बस्ने गर्दछन् ।
हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन रानाथारु समुदायले तीज पर्व मनाउने गर्दछन् । रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा लिने गर्दछन् ।
रानाथारु गाँउमा तीज पर्वको आगमन संगै दाजुभाइले दिदीबहिनीहरुका लागि (डोला) रानाथारु भाषामा पिङ्ग राख्ने चलन समेत रहेको छ । जस्लाइ सावनको डोला भन्ने गर्दछ्न । उत्त दिन दिदीबहिनीहरुले बिस्तारै पिङ्ग खेल्दै मांगलिक गीतहरु गाउने गर्दछन् । दिदीबहिनीले पानी समेत नपिएर निराहार ब्रत बसी दाजुभाइको दीर्घायुको कामना गरी प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।