काठमाडौं : आज (चैत १५) काठमाडौंमा राजतन्त्र समर्थकहरूले प्रदर्शन गरेका छन्। विभिन्न स्थानबाट जुलुस निकाल्दै उनीहरूले तीनकुनेमा आयोजित सभामा सहभागिता जनाएका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘राजा आऊ, देश बचाऊ’ र ‘नारायणहिटी खाली गर्’जस्ता नारा लगाएका थिए। साथै, पृथ्वीनारायण शाह, महेन्द्र शाह, र योगी नरहरिनाथका तस्बिरअंकित पोस्टर प्रदर्शन गरेका थिए।