रवि लामिछानेको थुनछेक बहस सकियो

काठमाडौँ: चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेको थुनछेक बहस सम्पन्न भएको छ। न्यायाधीश दयाराम ढकालको इजलासमा भएको यस बहससँगै जवाफी बहस पनि पूरा भएको छ। अब यस मुद्दामा आदेश जारी हुने प्रक्रिया अघि बढेको छ।

 

 

यसअघि, साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने अदालतमा उपस्थित भएका थिए। थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मामा राखिएको थियो।

सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौलाका साथै सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका छन्। जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका छन्। प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा. नारायणदत्त कंडेलले बहस गरेका छन्।

Comments (0)
Add Comment