रविलाई नछोडे काठमाडौंमा ठूलो प्रदर्शन गर्छौं

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेलाई रिहा गर्न माग गरेका छन् । आज चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लामिछानेले अनुसन्धानमा सघाउँछु भनिरहेकाले रिहा गरेर अनुसन्धान गर्नुपर्ने बताएका हुन् । उनले रविमाथि सरकारले दुर्व्यवहार गरेको पनि बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले रविलाई नछोडे आन्दोलन गर्ने चेतावनी पनि दिए ।

 

उनले भने, ‘देशको चौंथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन । मैले सरकार र सरकारवादी नेताहरुलाई भनेको छु, किन हिरासतमा राख्नुपर्‍यो श्र छाडेर जे–जे अनुसन्धान गरे पनि भइहाल्यो नि ! रविजीले अदालतलाई सघाउँछु भनिराख्नु भएकै छ । रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिन पर्‍यो । सरकारले यो विषयमा ज्यादती गर्छ भने संसदको विशेष अधिवेशन बोलाएर हामी त्यहाँबाट पनि विरोध जनाउँछौं । साथै विपक्षी र सरकारमा भएकाहरुको पनि समर्थनमा हामी काठमाडौंमा ठूलो प्रदर्शन गर्छौं ।’
Comments (0)
Add Comment