यू–१६ क्रिकेटको सफलता : राष्ट्रपतिको प्रशंसा, खेलाडीको समर्पणको कदर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालको ऐतिहासिक जितप्रति खुसी व्यक्त गर्दै यो उपलब्धि नेपाली खेलाडीको समर्पण, लगाव र कठोर मेहनतको प्रतिफल भएको बताएका छन्।

शीतल निवासमा आयोजित एक समारोहमा उनले सिंगापुरलाई पराजित गरी उपाधि जितेको नेपाली टोलीलाई बधाई दिए। राष्ट्रपताका अनुसार उक्त जितले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा बढाएको छ र नेपाली क्रिकेटको उज्ज्वल भविष्यको संकेत गरेको छ।

उनले परम्परागत खेलहरूलाई आधुनिक बनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्नुपर्ने बताए। साथसाथै, खेल पूर्वाधार निर्माण, प्रशिक्षण र प्रतियोगिताको अवसर वृद्धि गरी दक्ष खेलाडी उत्पादनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले सबै सरोकारवाला निकायहरू—सरकार, खेल संघसंस्था, र निजी क्षेत्र—ले एकआपसमा सहकार्य गरेर क्रिकेट मात्र नभई अन्य खेलहरूको विकासमा पनि योगदान दिनुपर्ने धारणा व्यक्त गरे।

 

Comments (0)
Add Comment