नवलपरासी (सुस्ता) — आज बिहान युवा नेता विजय कँडेलको नेतृत्वमा सुस्ता पुगेका मन्त्री कुलमान घिसिङले सुस्ताबासीको आँसु र पीडा प्रत्यक्ष देखेपछि तुरुन्तै पहल गर्दै सुस्ता तटबन्ध निर्माणका लागि १४ करोड रुपैयाँ बजेट स्वीकृत गराएका छन्।
वर्षौंदेखि कटान र जोखिममा रहेका नागरिकका लागि यो निर्णय राहतको संकेत बनेको भन्दै स्थानीयले युवा नेतृत्व र संवेदनशील निर्णयप्रति आभार व्यक्त गरेका छन्।