काठमाडौँ: मुगु- जिल्लाका गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना हतियारसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुले आइतबार पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।घटनामा संलग्न अन्य पाँच जना अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको उनले बताएका छन् ।
गत जेठ १४ गते कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएको मौकामा आठ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थियो ।उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउण्ड गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट सेनाको पोशाक पनि बरामद गरिएको छ । यस्तै, सुनको रिङ्ग दुई थान, सुनकै माडुली दुई थान ( बिक्री गरेर पश्चात जुम्ला प्रहरीमार्फत बरामद गरेको छ ।