नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले महिला मन्त्रालयको बजेटमा सुनसरी मात्रै देखिएको बताउनुभएको छ ।
काठमाडौँ : बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिला मन्त्रालयको पाएको १ अर्ब ६० करोडको बजेटमा सबै सुनसरी मात्रै देखिएको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्बको बजेटलाई परिस्कृत गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा भत्ता दिने असहाय, अशक्त लगायत गरिबलाई मात्रै दिने कार्यविधि बनाउन सके १ खर्ब १६ अर्बको आधा घट्नसक्ने बताउनु भयो। उहाँलेसामाजिक सुरक्षा भत्ता असाहय र दुःखीलाई दिने भएपनि काठमाडौंमा राज्यले दिएको भन्दै महिनाको १० लाख भाडा उठाउनेले पनि लिइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ महिला मन्त्रालयको बजेट सुनसरी मात्रै देखिएको छ । १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ । त्यसमा सबै सुनसरी सुनसरी मात्रै देख्छु । सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्बको बजेट छ । त्यो बाँड्नु परिहाल्योे । सामाजिक सुरक्षा भत्ता पनि परिसकृत गर्न जरुरी छ । त्यस्तो गर्दा १ खर्ब १६ अर्बको आधा हुन सक्छ । सामाजिक सुरक्षा भत्ता असाहय र दुखीलाई दिने हो उमेर भएकालाई दिने होइन । तर काठमाडौंमा राज्यले दिएको भन्दै महिनाको १० लाख भाडा उठाउनेले पनि लिइरहेको छ । विश्वमा महिलाले नेतृत्व गरेका निकायहरुमा समावेशी र राम्रा काम भएका छन् । तर नेपालमा महिलाले नेतृत्व गरेको मन्त्रालयमा राम्रो काम भएन । आफ्नो जिल्लालाई मात्रै प्राथमिकता दिने काम गर्नुभयो ।’
उहाँले विश्वमा महिलाले नेतृत्व गरेका निकायहरुमा समावेशी र राम्रा काम गरेको उदाहरण भएपनि नेपालमा महिलाले नेतृत्व गरेको मन्त्रालयमा राम्रो काम नगरेको बताउनु भयो । उहाँले महिला मन्त्रीले आफ्नो जिल्लालाई मात्रै योजनामा प्राथमिकता दिने काम गरेको आरोप लगाउनु भयो ।