महामन्त्री ढकालले रास्वपा र पार्टी सभापति लामिछानेमाथि गरे प्रश्नै-प्रश्न

काठमाडौँ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टी र सभापति रवि लामिछानेको काम–कारबाही र गतिविधिमाथि प्रश्नै–प्रश्न उठाएका छन् । ढकालले सभापति लामिछानेको व्यवहार र पार्टी सञ्चालन विधिमाथि आफ्नो समिक्षा यात्रा प्रतिवेदनमा आलोचना गरेका हुन् ।पार्टी स्थापनाको दुई वर्षपछि महामन्त्री ढकालबाटै आएको समिक्षा प्रतिवेदनले पार्टीमा हलचल ल्याएको छ । उक्त समिक्षा प्रतिवेदनको कुरा बाहिर आएपछि बुधबार रास्वपाको केन्द्रीय समितिको बैठकपछि ढकाललाई सात दिनको लागि निलम्बनसमेत गरिएको छ । आफूलाई पार्टीले निलम्बन गर्ने निर्णयमाथि भने महामन्त्री ढकालले टिप्पणी गरेका छैनन् ।

Comments (0)
Add Comment