काठमाडौँ: खाँडाचक्र नगरपालिका ५ ढाणगाउँका मनिचन्द्र चौलागाईं उपचार नपाएर छटपटाईरहेका छन् । रोजगारीको सिलसिलामा भारतको केदारनाथ जानुभएका मणिचन्द भारी बोक्दै गर्दा लड्नुभयो । मेरुदण्डमा चोट लागेपछि साथीको सहारामा उहाँ नेपाल फर्किनु त भयो, तर उपचार अभावले ठीक हुन सकेका छेनन् ।
उहाँ पाँच वर्षको हुँदा बुवा बाहुदेव चौलागाईंको मृत्यु भयो । सानै उमेरमा बुबा गुमाएका मनिचन्दको साहारा अहिले उनकै एक्ली आमा बन्नुभएको छ । चार छोरा छोरीको लालनपालका लागि मनिचन्दको श्रीमती गाउँ घरमा काम खोजेर मजदुरी गरिहनुभएको छ भने विस्तरामा लडेका उहाँका श्रीमानको रेखदेखमा ६९ वर्षकी सासु आमा बिजा चौलागाईं हुनुहुन्छ । स्थानीय हिरामणी चौलागाईंले मनिचन्दको उपचारका लागि गाउँ घरबाट हुने सबै प्रयास सकिएको बताउनुभयो ।
यस्तै, चार महिना भारतको लखनउमा राखेर उपचार भयो । खास चोट लागेको अङ्गको शलयक्रिया नभएका कारणले ३९ वर्षीय मनिचन्द बिस्तरामै लडिरहनुभएको छ । उपचार खर्च अभावका कारणले शल्यक्रिया भएन । तर उहाँको समस्या बढ्दै गएपछि उपचारका लागि खर्चको जोहो गर्न सुरु भयो । गाउँको पाखोवारी तत्काल बेचबिखन हुने कुरै भएन। मनिचन्दकी आमा बिजाले भन्नुभयो, “रुपियाँ खोज्दै धेरै महिना बिते, पछि ठुलो शल्यक्रिया गर्नुपर्ने भनेपछि उपचार गर्ने रुपियाँ नभएर घरमा फिर्ता ल्याएँ ।”
रुदै बिजाले भन्नुभयो, “उ बेला सानैमा यसका बुवाले छोडे, गाउँलेकै काम गरेर चार भाई छोरा हुर्काएँ । अब त सुखका दिन भेटाए सोचेको थिए, फेरी छोरा ३९ वर्षकै उपचारमा यस्तो बिरामी भयो । मेरुदण्डकै चोटले शरिर पुरै नचल्ने भएको छ । पारालाइसिस कारणले मनिचन्द आफैँ ठाडो हुन सक्नुहुदैन । राम्रो ठाउँमा उपचार गर्नका लागि खर्च छैन । गरिवले उपचार नपाएर मर्नु पर्ने भन्दै गाउँ भरिका नागरिक आक्रोषित छन् । स्थानीय सरकार समक्ष कुरा पुगाई दिने पनि कोही नभएको मनिचन्दका भतिज नाता पर्ने हिरामणी चौलागाईंले”, भन्नुभयो ।
स्थानीय सरकारले पनि अलि पहुँचवालालाई सहयोग गर्ने हो । खासै गरिबको लेखाजोखा चुनावका बेला मात्र हुने गरेको भन्दै उपचार खर्च जुटाउन आफू गाउँमा लागि परेको भएपनि केही प्रगती नभएको हिरामणीको भनाइ छ । पाटनमा अप्रेसन हुन्छ भनेर एक पटक लिएको भएपनि उपचार खर्च धेरै चाहिने भनेपछि फिर्ता ल्याएको उहाँका आमा बताउनुहुन्छ ।