मधेशका मुख्यमन्त्रीले सोधे अर्थमन्त्रीसँग स्पष्टीकरण

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थमन्त्री सुनिलकुमार यादवको कार्यशैलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरण सोधेका छन् ।
अर्थ मन्त्रालयको कारण अन्य मन्त्रालयको काम अघि बढ्न नसकेको, कार्यसम्पादनमा ढिलासुस्ती भएको तथा बजेट परिचालन अभावलगायत विषयमा अर्थमन्त्री यादवसँग मुख्यमन्त्री सिंहले जानकारी मागेका हुन् ।

 

 

 

 

२०८१ पुस २ गतेमुख्यमन्त्री सिंहले आफैं हस्ताक्षर गरी अर्थमन्त्री यादवसँग जानकारी माग गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ । अर्थ मन्त्रालयको विषयमा मन्त्रिपरिषद्‌को बैठकमा पटकपटक कुरा भए पनि ठोस निचोड र जानकारी नआएपछि अर्थमन्त्री यादवलाई ठोस निचोड पठाउन पत्र पठाएको मुख्यमन्त्री सिंहले बताए ।मुख्यममन्त्रीले अर्थमन्त्रीसँग स्पष्टीकरण सोध्दा सत्ता गठबन्धनभित्र सम्बन्ध बिग्रिँदै गएको सांसदहरुले शंका गरेका छन् ।

Comments (0)
Add Comment