काठमाडौं : गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त सुशासन रहेकाले यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले सदाचार नीति जारी गर्न ढिला भइसकेको उल्लेख गर्दै सरकारलाई नीति पारित गरि जारी गर्नका लागि समितिबाट सुझावको आवश्यकता रहेको बताए।